४ कात्तिक, काठमाडौं ।

नायिका करिश्मा मानन्धर अहिले चलचित्रभन्दा पार्टी राजनीतिमा बढी व्यस्त देखिन थालेकी छन् । उनी डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीमा उनको सक्रियता बढेको हो ।   karisma-manandhar beauty

सो पार्टीमा अहिलेसम्म महिलाहरूको त्यति धेरै सहभागिता नदेखिएकाले पनि करिश्माले महत्वपूर्ण जिम्मेवारी पाउँदै आएको बताइन्छ । करिश्मालाई प्रायः सबैले चिन्ने भएकाले र उनी सेलिब्रटी भएकाले पनि उनलाई महत्वपूर्ण जिम्मेवारी दिइएको हुनसक्छ ।

यसैवीच नयाँ शक्ति पार्टीले कार्यविभाजनमा हेरफेर गरेको छ । सो हेरफेर गरिएको कार्य विभाजनमा करिश्माले वैचारिक–राजनीतिक तथा सांस्कृतिक अभियान कार्ययोजनाको सदस्यको जिम्मेवारी पाएकी छन् । बुधबार पार्टीको केन्द्रिय कार्यालयमा भएको बैठकमा करिश्मा पनि उपस्थित थिइन् ।

केही समयअघि पार्टीको घोषणा सभामा करिश्माले गरेको उद्घोषणको व्यापक विरोध भएको थियो । स्वयं बाबुराम भट्टराई पनि उनको उद्घोषण शैलीप्रति नाखुस रहेको बताइएको थियो । कतिपयले त यो घटनापछि करिश्माले पार्टी नै छाडेको हल्ला चलाएका थिए ।