४ साउन पर्वत
करेण्ट लागेर पर्वतको चुवामा शुक्रवार दिउँसो एक व्यक्तिको ज्यान गएको छ । जिल्लाको सदरमुकाम कुश्माबजार सँगै जोडिएको चुवा गाविस ५ का ५५ बर्षिय टिकाराम पाध्याको करेण्ट लागेर ज्यान गएको हो ।
चुवा गाविसका लागि वितरण गरिएको विजुलीको पोल अविरल बर्षाका कारण ढलेपछि पाध्यालाई सोही लाइनबाट करेण्ट लागेको थियो । खेतमा घाँस काटेर फर्किँदै गरेका उनलाई चुवा ५ कैँडले खेतमा करेण्ट लागेको हो । उनको पर्वत जिल्ला अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको थियो ।
पोल ढलेपछि विद्युत प्राधिकरणलाई खबर गरेपनि एकघण्टा पछि मात्रै घटना स्थलमा पुगेकाले तत्काल उद्धार हुन नसक्दा ज्यान गएको मृतकका छोरा बद्री पोख्रेलले बताईन् ।

बर्षाकै कारण धेरै स्थानहरुमा विद्युत लाईनमा समस्या आएकाले मर्मतका लागि कार्यालयको सवारी साधान अन्यत्र गएकाले तत्काल घटनास्थलमा पुग्न नसकिएको प्राधिकरण प्रमुख हरदेव गुप्ताले स्विकार गरे । उनले आधाघण्टा पछि प्राधिकरणकै सवारीसाधनमा अस्पताल ल्याइएपनि बचाउन नसकिएको बताए । करेण्ट लागेर मृत्यु भएका मृतकका परिवारलाई किरिया खर्च र ५ लाख रुपँैया क्षतिपुर्तिवापत दिलाउने प्रावधान रहेको छ ।