गुगल यस्तो एक टेक कम्पनी हो जो आफ्ना कर्मचारीको पुरा ध्यान राख्दै उनीहरुको सुख-सुविधामा करौडौं रुपैया खर्च गर्छ। यसको हेडक्वार्टर ‘गुगलप्लेक्स’ क्यालिफोर्नियामा छ। करिब २० लाख वर्ग फिटमा फैलिएको छ यो कार्यालय। यो गुगलको दोर्सो ठूलो कार्यालय हो, गुगलको सबैभन्दा ठुलो कार्यालय न्युयोर्कमा छ, जुन २९ लाख वर्ग फिट क्षेत्रफलमा फैलिएको छ।

google office features (2)

गुगलप्लेक्समा सोलारको ९००० प्यानल लगाइएको छ जसबाट १.६ मेगावाट विजुली उत्पादन हुन्छ। यो अमेरिकाकै सबैभन्दा ठुलो सोलार प्लान्ट हो।

कर्मचारीको लागि वर्षेनी ७१३ करोड रुपैया खर्च

गुगलले एक वर्षमा करिब ७२ मिलियन डरल अर्थात करिब ७१३ करोड रुपैयाभन्दा बढी खर्च कर्मचारीको लागि गर्छ। कम्पनिको नियम अनुसार गुगलले आफ्ना सबै कर्मचारीलाइ दुवै छाक खाना सित्तैमा खुवाउँछ। कुनै पनि कर्मचारीको मृत्यु पश्चात उसको परिवारलाई जिन्दगीभर आधा पारिश्रमिक समेत दिने गरेको छ।

गुगलले कर्मचारीलाइ केके सुविधा दिने गर्छ?

google office features (10)

जरुरत हुँदा कर्मचारीले घण्टौंसम्म कम्पनीको कार लिएर जान पाउँछन्।

कर्मचारीले गुगलको कम्पनीमा खाना पकाउने, गाउने, बजाउने जस्ता कयौं बाह्य क्रियाकलापको लागि तालिम कक्षामा सहभागी हुन पाउँछन्।

google office features (9)

पाँच तारे होटलको झै कर्मचारीलाइ खानाको व्यवस्था हुन्छ।

google office features (8)

बास्केटबल, भलिबल सहित गल्फ कोर्स पनि यहीँ छ। कर्मचारी खेलकुदमा पनि सहभागी हुन पाउँछन्।

google office features (3)

कार्यलयले सातै दिन २४ घण्टा जिमको सुविधा दिन्छ।

google office features (7)

वाइफाइ भएको बस गुगलका कर्मचारीले सहर घुम्न प्रयोग गर्न पाउँछन्।

google office features (6)

कर्मचारीलाई स्पा र मसाजको सुविधा समेत छ।

google office features (5)

गुगल कर्मचारी कसैको बच्चा भएमा पितालाई ६ हप्ता र आमालाइ १८ हप्ता पारिश्रमिक सहित बिदा मिल्छ।

google office features (4)

आफ्नो पाल्तु जनावर कार्यलयमै लैजान पाउँछन्।

google office features (1)

थकाइ लागेमा स्लीप पडमा गइ सुत्न पाइन्छ।