९ असार, काठमाडौं ।

केही दिन अघि मात्र सामाजिक सञ्जाल ट्वीटरमा जोडिएका प्रधानमन्त्री शुसील कोइरालाको ट्वीटर १५ दिन पनि नपुग्दै ह्याकरको नियन्त्रणमा पुगेको छ । बुधबार विहान देखि प्रधानमन्त्रीको @PM_Nepal ट्वीटर ह्याकरको नियन्त्रणमा पुगेको प्रधानमन्त्रीको सहयोगी टिमले पुष्टी गरेको छ ।

PM twittr 1

प्रधानमन्त्री कोइरालाको आधिकारिक ट्वीटर अकाउण्ट

बुधबार विहान एका एक पुरानो अकाउण्ट गलत हातमा गएको भन्दै दुरुस्तै देखिने ट्वीटर @PM_nepal2 ले प्रधानमन्त्रीको ट्वीटर ह्याक भएको भन्दै ट्वीट गरेको थियो ।

PM twittr

ह्याकरले बनाएको पेज 

त्यसपछि त्यो ट्वीटर ह्याण्डल समेत कतिपयले फलो गरेको देखिन्छ । प्रधानमन्त्रीको आधरिकारिक पेजमा ११ हजार ६०० फलोअर पुगेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाको प्रेस टिमले प्रधानमन्त्रीको नाममा आधिरकारिक पेज बनाएर १३ दिन अघि मात्र ट्वीटर अकाउण्ट शुरु गरेको थियो । यो अकाउण्टलाई कसले निशाना बनाएको हो भन्ने खोजी भैरहेको छ ।