१६ माघ, धनगढी।
नेपाली काँग्रेसको शुक्रबार सम्पन्न वडास्तरीय अधिवेशनमा काँग्रेसका पुराना चर्चित नेता पराजित भएका छन् ।

काँग्रेसका पूर्व साँसद एवम् नेता हिरादत्त भट्ट आफ्नो क्षेत्र कैलालीको अत्तरिया नगरपालिका–१३ बाट पार्टीको चुनावमा पराजित भएका छन् । यस्तै काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री चन्द्रसिं भट्टराई पनि टीकापुर नगरपालिका–८ बाट पराजित भएका छन् ।

पार्टीका जिल्ला सभापति नरनारायण शाह धनगढी उपमहानगरपालिका–२मा भएको निर्वाचनमा प्रतिनिधि छनोट भएका छन् ।

माघ २५ गते हुने जिल्ला अधिवेशनमा अध्यक्षका आकाङ्क्षी रहेका नारायण भट्ट, गणेश देउवा, वीरवहादुर हमाललगायतका नेताहरुभने वडा स्तरको अधिवेशनवाट प्रतिनिधिमा चुनिएका छन् ।

दुई पक्षबीचको विवादपछि भने कैलालीको मोहन्याल गाविसमा अधिवेशन स्थगन गरिएको छ । रासस