४ वैशाख, काठमाडौँ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेसलाई सरकारमा जान कुनै हतार नभएको बताएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ७ ले आज यहाँ आयोजना गरेको नववर्षको शुभकामना तथा क्यालेण्डर लोकार्पण कार्यक्रममा उनले काँग्रेस सरकारमा जाने गलत प्रचार भएको उल्लेख गरे ।

नेता सिंहले आफ्नो पार्टीको सरकारको पालामा स्थानीय निकायको निर्वाचन गर्न चाहे तापनि राजनीति सहमति जुट्न नसकेको भन्दै अब स्थानीय निकायको निर्वाचन चाँडो गर्नु आवश्यक रहेको बताए।

उनले काँग्रेसलाई सत्तासित मात्र जोड्न नहुने भन्दै प्रजातान्त्रिक पद्दतिको विकासका लागि काँग्रेसले खेलेको भूमिका सम्झन आग्रह गरे ।

नेता सिंहले अब वडा तह देखिनै महाधिवेशनले पारित गरेका नीति कार्यक्रम कार्यन्वयनमा लाग्न कार्यकतालाई निर्देशन दिए । उनले काँग्रेसले नेतृत्व गरेको संविधान काँग्रेसले नै कार्यन्वयन गर्ने बताए। रासस