१२ जेठ, काठमाडौं ।
नेपाली काँग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि तीन दिन भित्र सबै उम्मेद्वारको टुङ्गो लगाउने भएको छ ।

काँग्रेस पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले प्रदेश नं १ को पहाडी जिल्लाका उम्मेदवार समेत टुङ्ग्याएको छ । अन्य प्रदेशका उम्मेद्वारको पनि क्रमश टुङ्गो लगाईने बैठकपछि नेताहरुले जानकारी दिएका छन् ।

काँग्रेसले निर्वाचन क्षेत्रीय कार्यसमितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्ग्याउने अधिकार दिएको छ ।

क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा आउने व्यवस्था गरेको छ । केन्द्रीय समितिमा आएका विषयमा पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताको समूहले निर्णय गर्ने गरेको छ ।

उम्मेद्वार चयनका लागी बसेको बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला लगाएतका नेताहरुको सहभागी थियो ।