११ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएलगत्तै नेपाली काँग्रेसले सरकार गठनको प्रक्रिया सुरु गरेको छ ।

उसले दोस्रो चरणको स्थानीय तहको चुनाव अगाडि नै पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने गरी प्रक्रिया अघि बढाएको हो ।

आज विहान पार्टी कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले जेठ ३१ अघि नै सरकार गठन गरी चुनाव सुनिश्चित गर्ने निर्णय गरेको काँग्रेस नेताहरुले बताएका छन् ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै काँग्रेस नेता कृष्ण सिटौलाले तोकिएकै मितिमा दोस्रो चरणको चुनाव गर्ने निर्णय गरिएको बताए । ‘कुनै पनि हालतमा दोस्रो चरणको निर्वाचन सर्दैन, सिटौलाले भने, थपिएका स्थानीय तहमा पनि निर्वाचन आयोगसँग छलफल गरी निर्णय गर्छाैं ।’

उनले प्रधानमन्त्रीले राजीनामा दिएपछि निर्वाचन अन्यौलमा पर्ने भ्रमबाट मुक्त हुन पनि आग्रह गरे । काँग्रेसले राष्ट्रपतिबाट सहमतिको सरकार गठनका लागि आव्हान कुरेर बसेको छ ।