१० पुस, काठमाडौं ।
सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावलाई थाँती राखेर पुरानै संरचना अनुसार निर्वाचनको मिति घोषणा गर्नुपर्ने पक्षमा उभिएको छ । कांग्रेसले संविधान जारी गर्ने प्रमुख घटक प्रमुख प्रतिपक्ष दल एमालेलाई साथ छोडेर अगाडि बढ्दा संविधान कार्यान्वयन नहुने निष्कर्ष निकाल्दै तत्काल निर्वाचनमा जानु पर्ने प्रस्ताव अगाडि सारेको छ ।sher br deuwa prachanda

पुरानै संरचना अनुसार निर्वाचनको मिति घोषणा गर्नको लागि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सहमत छन् । तर पुरानै संरचनामा निर्वाचनमा जाँदा संघीयता कार्यान्वयन नहुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने नयाँ संरचना स्थानीय तहको निर्वाचन गर्नुपर्ने अडान लिएका छन् ।

यो पढ्नुस्: प्रस्तावको विरोधमा एमालेले काठमाडौंमा दस हजार मोटरसाइकल उतार्ने

मधेसी मोर्चाले पहिला प्रदेशको सीमाकंनको टुंगो लगाएर मात्र स्थानीय तहको टुंगो लगाउनु पर्ने अडान राख्दै आएको छ । कांग्रेसले राष्ट्रलाई निकास दिनको लागि पनि स्थानीय निकायको निर्वाचन गर्नुपर्ने पक्षमा उभिएको छ । कांग्रेसको तयारीले प्रधानमन्त्री प्रचण्डलाई अपठ्यारो पार्ने देखिएको छ ।

कांग्रेसका एक नेताले भने, ‘साच्चिकै कांग्रेस र एमाले निवार्चनको पक्षमा बलियो भएर उभिदाँ प्रचण्डलाई अपठ्यारो पर्न सक्छ ।’ कांग्रेसको पदाधिकारी बैठकमा अधिकांश नेताहरुले चुनावको मिति घोषणा नगर्दासम्म समस्या कायम रहेने सुझाव दिएका छन् ।यस बारेमा भोली बस्ने कांग्रेस पदाधिकारीको बैठकले टुगो लगाउने ती नेताले बताए ।

भोली बस्ने बैठकले संविधान संशोधन प्रस्ताव स्थगित गरेर निर्वाचन सम्बन्धि विधेयक संसदमा लैजाने र चुनावको मिति घोषणामा जुट्ने निर्णय गर्न सक्ने सम्भावना रहेको बताइएको छ । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरुद्ध एमाले सहितका नौ दलले संसद चल्न दिएका छैनन् ।