६ भदौ, काठमाडौं ।

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसका थप मन्त्रीहरुले भोली साँझ वा पर्सी विहान मन्त्रीपरिषदमा सपथ खाने भएका छन् ।

प्रधानमन्त्री भाषण गर्दागर्दै बिरामी

सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षबाट मन्त्री बनाउने नेताहरुको अन्तिम सूची तयार पारेपछि यस्तो तयारी थालिएको कांग्रेस श्रोतले जनाएको छ ।

congress discussion

यस अघी कांग्रेसले नेविसंघको महाधिवेशनको कारण देखाउँदै मन्त्री चयनमा ढिलाइ गरेको थियो ।

किम जोङ उनको चेतावनीः निहुँ खोजे खरानीमा परिणत गरिदिन्छु !

अहिले आफ्नो पार्टीबाट सरकारमा नेतृत्व गरेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी दिल्लीबाट फर्किएपछि मन्त्रीको सूची अन्ति टुङ्गो लगाउने तयारीमा देउवा छन् ।

को हुन् सम्भावित उम्मेदवार

देउवा पक्षबाटः

१- अर्जुननरसिंह केसी,
२- प्रकाशशरण महत,
३- बालकृष्ण खाँण,
४- जीवनबहादुर शाही,
५- मोहनबहादुर बस्नेत

यी नेता मध्ये केसीले शिक्षा, महतले परराष्ट्र, खाँणले रक्षा मन्त्रालयको जिम्मेवारी पाउने बुझिएको छ ।

पौडेल पक्षबाटः
१- सीतादेवी यादव,
२- केशवकुमार बुढाथोकी
३- नवीन्द्रराज जोशी

परराष्ट्रमा शेखर कोइरालाको सम्भावना पनि कायमै छ । 

शशांक गुटबाटः
१- दीपक गिरी

सिटौला गुटबाटः
गगन थापा वा भीमसेनदास प्रधान