अन्तरिम र नयाँ संविधानमा समय थप गरिने

१६ भदौ, काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकले संविधान निर्माणमा पार्टी केन्द्र व्यस्त रहनुपरेको विशेष परिस्थितिका कारण कांग्रेसको गाउँ, नगर वडा, नगर, क्षेत्र र जिल्ला अधिवेशनका पूर्वनिर्धारित कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा संविधानसभा भवन, नयाँ बानेश्वरमा मंगलबार बसेको बैठकले विशेष परिस्थितिका कारण पाँच वर्षभित्रमा पार्टीको केन्द्रीय पदाधिकारीको निर्वाचन ‘महाधिवेशन’ हुन नसकेमा बढीमा छ महिना थप गर्न सकिने व्यवस्था नेपालको अन्तरिम संविधान, २०६३ र संविधानसभाबाट बन्न लागेको नयाँ संविधानमा व्यवस्था र पार्टीको विधानमा पनि सो व्यवस्था गर्ने निर्णय गरेको छ ।

अधिवेशनसम्बन्धी कार्यक्रम केन्द्रीय कार्य समितिको बैठकले पछि निर्णय गरेबमोजिम हुने मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

congress ko samsadiya dalko netako election

संविधानसभामा प्रस्तुत संविधान विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्दा अन्य दलसँग सल्लाह गरी दुई तिहाइ पु-याउने वातावरण तयार गरेर मात्र गरिने र सोका लागि पार्टी नेतृत्वलाई जिम्मेवारी दिने, संशोधन प्रस्तुत गर्दा प्रमुख सचेतकले सहमतिमा रहेका दलसँग मिलेर गर्ने निर्णय गर्दै बैठकले संविधान निर्माण प्रक्रियालाई अविलम्ब टुङ्गोमा पु-याई संविधान घोषणा गराउने कार्यमा एकताबद्ध भई लाग्न कांग्रेस संसदीय दलका सबै सदस्यलाई निर्देश गरेको छ ।

कैलालीको टीकापुरलगायत देशका विभिन्न ठाउँमा भएका हिंसात्मक घटनाप्रति खेद एवं दुःख प्रकट गर्दै हिंसात्मक घटनामा परी ज्यान गुमाएका नाबालक, प्रहरी अधिकृतलगायत सबैमा श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । त्यस्तै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको बन्दोबस्त गर्न एवं तोडफोड र आगजनीबाट भएको भौतिक क्षतिका लागि आर्थिक सहयोग एवं राहत उपलब्ध गराउन सरकारसँग बैठकले माग गरेको छ । कैलाली टीकापुरको घोर अमानवीय हिंसात्मक घटनाका अपराधीमाथि कारबाहीका लागि पार्टीले सरकारसँग माग गरेको छ ।

संविधान निर्माणका समग्र विषयवस्तु संविधानसभाभित्र छलफल गरेर प्रक्रियाबमोजिम टुङ्गोमा पु-याउनुपर्ने निर्णय गर्दै दलले संविधानसभाभित्र रहेका सबै राजनीतिक दल एवं सभासद्लाई संविधानसभाभित्र रहेर संविधान निर्माणमा आफ्नो महत्वपूर्ण योगदान पु-याउन आग्रह गरेको छ ।