१४ मंसिर, जनकपुरधाम ।

मधेशमा चलिरहेको अधिकार आन्दोलनको समर्थनमा नेपाली काँग्रेस धनुषाद्वारा गर्ने भनिएको प्रदर्शनको जनकपुरमा विरोध भइरहेको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघिय समावेशी मधेशी गठबन्धनले छुट्टा छुट्टै रुपमा जनकपुरको चोक चोकमा प्रदर्शन गरिरहेको छ ।

प्रदर्शनको क्रममा नेपाली कांग्रेस बिरुद्ध नारावाजी समेत गरिरहेका छन् । तराई मधेश लोकतान्त्रिक पार्टी धनुषाका अध्यक्ष परमेश्वर साहले एक सय दिन भन्दा बढि समय देखि मधेश बन्द गरेर हामीले आन्दोलन गर्दा मौन बसेका कांग्रेसीहरु आन्दोलनलाई बिथोल्न समर्थनको नाउँमा नाटक गरेकाले नै आफूहरु बिरोध गरेको जानकारी दिए ।

वार्तामा नआएर उपेन्द्र, राजेन्द्र महतोहरु प्रशिक्षणमा

नेपाली कांग्रेसले जनकपुरको गोपाल धर्मशालाबाट जलुश निकाल्ने निर्णय गरेपछि धर्मशालाको चारै तीर संयुक्त युवा संघर्ष, मधेश अधिकार संघर्ष समिति, मधेश क्रान्ति संघर्ष समितिले घेरा हालेको छ ।

यता गोपाल धर्मशालालाई घेरा हाल्ने निर्णय भएपछि नेपाली कांग्रेस धनुषाले पार्टी कार्यालयबाटै जुलुश निकाल्ने भएको छ । नेपाली कांग्रेस धनुषाका सचिव कोमलकान्त झाले मधेशवादी दलहरुले जती बिरोध गर्दा पनि आफूहरु जुलुश निकालेर छाड्ने बताए ।

नाकाबन्दी खुलाउने र मधेश आन्दोलन निम्ट्याउने निर्णायक पहलः सार्थक होला

जुलुशमा कसैले बिरोध गर्यो भने आफूहरु धर्ना दिएर बिरोध गर्नेहरुको पर्दाफास गर्ने दावी गरे । नेपाली कांग्रेसको जुलुश र जुलुशको प्रतिकार गर्ने निर्णयका कारण जनकपुरको अवस्था तनावग्रस्त रहेको छ ।