हेडलाइन्स वाच ।

सरकार परिवर्तन खेल भइरहेको बेला कांग्रेसबाट मन्त्री बन्नका लागि सभापति देउवालाई दबाब दिन बिहानैदेखि भीड लाग्न थालेको छ । नेतृत्व माओवादीलाई दिने गरी सत्तामा तालमेल हुन लागे पनि बढी मन्त्रालय आफूले पाउने भएपछि कांग्रेसमा देउवाको दैलो चहार्ने नेताको संख्या बढ्न थालेको हो ।

शीर्ष बैठकमा गएनन् ओलीः राजिनामा नदिने मुडमा

मन्त्री बन्न सांसद हुनैपर्छ । प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसँग अहिले २०७ जना सांसद छन् यी मध्ये २०० जनाको दाबी मन्त्रीका लागि भएको कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन् ।

sher bahadur deuwa media mic 3404867

‘कांग्रेसमा २०७ जना मान्य छन् । शेर र रामचन्द्रबाहेक, अरु पाँच जना मन्त्री बन्दिन भन्लान् तर, अरु दुई सयको दाबी मन्त्रीका लागि छ’ ती केन्द्रीय सदस्य भन्छन्, ‘राजनीतिग गरेपछि संस्कृति र परम्परा नै मन्त्री बन्नका लागि प्रयास गर्ने र बन्ने भन्ने देखियो । बन्नेले पनि किन बन्ने भएन, बनाउनेलाई पनि किन बनाउने भन्ने नै देखिएन । यस्तो हुँदा विकृति देखिनु स्वभाविक हो ।’ यो आम संस्कृति कांग्रेसमा मात्र लागू नभई कांग्रेस एमाले र माओवादी सबैको हकमा भएको ती नेता बताउँछन् । वर्षौसम्म निष्ठापूर्ण राजनीति गरेको भनिएका चित्रबहादुर केसीले समेत उपप्रधान र मन्त्री खाएको चर्चा गर्दै ती नेता भन्ने एउटा र व्यवहार अर्को गर्नेहरुबाट राजनीति झन् विकृत हुन पुगेको बताउँछन् ।

देउवाको दैलोमा मन्त्रीका लागि घुइँचो
मन्त्री बन्नका लागि मीन विश्वकर्मा, रामहरि खतिवडा, रमेश लेखक, एनपी लेखकहरुले नियमित देउवालाई दबाब दिइरहेका छन् । सरकार बन्ने चर्चासँगै देउवा निवासमा यी नेताहरुले धाउनेक्रम जारी रहेको कांग्रेस स्रोत बताउँछ ।

sher bahadur deuwa deuba 4276746 full

देउवालाई नजिकबाट सहयोग गर्नेहरुले अहिले मन्त्री बन्नका लागि मन्त्री बन्नका यसरी दबाब सिर्जना थालेका हुन् । मन्त्री बन्न सांसद नै हुनुपर्ने भएपछि पार्टीका तर्फबाट सांसद यतिखेर एकपटक देउवा निवास बुढानिलकण्ठ पुग्ने गरेका छन् । पराक्रमभन्दा पनि परिक्रमा गर्नेहरु अहिले देउवाको निवासमा धाउन थालेको ती नेता बताउँछन् ।

शैली आ आफ्नो
राजनीतिमा अनेक किस्सा र सन्दर्भ झिक्न माहिर कांग्रेस वखलढुंगाका सांसद रामहरि खतिवडाले यसपटक देउवालाई आफू मन्त्री बन्नका लागि निक्कै दबाब दिएका छन् । संचारमाध्यममा प्रतिक्रिया दिन सिपालु उनी प्रत्यक्ष जित्नेलाई मात्र मन्त्री बनाउने पहल भएको चर्चा गर्दै हिड्न थालेका छन् । सभापतिको निवास बुढानिलकण्ड गइरहने यी नेता अहिले आफू त्यता नगए म देउवाको दाइको सल्लाह गर्न गएको प्रतिक्रिया दिइरहन्छन् । देउवाले डाकेको आन्तरिक छलफलमा सहभागी नभए पनि आफू सहभागी भइरहेको भन्दै उनी सूचना बाहिर चुहाउन माहिर छन् ।

sher bahadur deuwa at congress head office sanepa

अर्का नेता रमेश लेखकले भने प्रमुख सचेतक बन्न प्रस्ताव आए पनि यसपटक मन्त्री बनाइदिन देउवालाई दबाब दिंदै आएका छन् । देउवाका निकट नेतामध्येका पनि निकट लेखकलाई यसपटक देउवाले मन्त्री बनाउने वचन पनि दिएका छन् । देउवालाई नजिकबाट सहयोग गर्दै आएका मीन विश्वकर्मा पनि यसपटक मन्त्रीका लागि दाबेदार हुन् । उनी पनि देउवालाई भेट्न पुगिरहन्छन् ।

अरुहरुको प्रयास पनि निरन्तर
मन्त्रीका लागि प्रकाशमान सिंहले नविन्द्रराज जोशीदेखि खुमबहादुरले शंकर भण्डारीलाई बनाउन दबाब दिएका छन् । खड्काले मोहन बहादुर बस्नेतालाई मन्त्रीबनाउनको लागि दबाब दिएका छन् ।

तर, अनुहार धेरै पुराना
केही नयाँ अनुहारलाई यसपटक मन्त्री बनाउने चर्चा भए पनि धेरै अनुसार पुराना नै हुने भएका छन् । कांग्रेसले पाउँने १२ देखि १४ वटासम्मका मन्त्रालयमा बढीमा चार जना नयाँ अनुहारका नेता मन्त्री बनाउने तयारी छ । बाँकी सबै पुरानै अनुहारका हुनेछन् । तर, आफ्नो पक्ष, पौडेल पक्ष, प्रकाशमान पक्ष, शशांक पक्ष, रामशरणम महत पक्ष सबैको दाबी भइरहेपछि देउवालाई दबाब बढेको छ ।

सा