११ साउन, काठमाडौं।

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि आहृवान गरेसँगै नेपाली कांग्रेसभित्र मन्त्री बन्न दौडधुप सुरु भएको छ । पटकपटक मन्त्री बनेका नेतासमेत दाबेदार बनेपछि युवाहरुले नयाँ अनुहारलाई अवसर दिन नेतृत्वलाई दबाब दिएका छन् ।

सरकार परिवर्तनको खेलसँग सभापयित शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्नत्री कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्का र विमलेन्द्र निधिको निवासमा मन्त्री हुन चाहनेको भीड लाग्न थालेको छ ।

कांग्रेस शीर्ष नेताहरुले पनि सरकारकमा पठाउने भन्ने व्यक्तिको विषयमा अनौपचारिक र प्रारम्भिक छलफल सुरु गरेका छन् । सो छलफल सुरु भएलगत्तै नेताहरुको दौडधुप सुरु भएको छ । सोमबार बिहान सभापति देउवा निवासमा उनीपक्षीय प्रमुख नेताहरुले अनौपचारिक छलफल गरेका छन् । छलफलमा कस्ता अनुहारलाई सरकारमा पठाउने भन्ने विषयमा अनौपचारिक कुराकानी भएको थियो ।

मन्त्रीका आकांक्षीलाई मिलाउन राज्यमन्त्री र सहायक मन्त्रीसमेत राख्नुपर्ने सो बैठकले निष्कर्ष निकालेको छ । छलफलमा अभिकांश नेताले ठूलो आकारको मन्त्रिमण्डल बनाएर भए पनि आकांक्षीलाई समेट्नुपर्ने सुझाब दिएका छन् । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।