२५ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसले आज संसद बैठक अवरुद्ध नगर्ने जानकारी सत्तारुढ दलहरुलाई गराएको छ ।

कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर पुनर्निर्माण प्राधिकरण गठन सम्बन्धी विधेयक पेश हुने संसद बैठक अवरुद्ध नगर्ने जानकारी गराएको जानकारी कांग्रेस नेताहरुले दिएका छन् ।

कांग्रेसको अवरोधका कारण रोकिएको विधेयक अहिले दिउसो ३ बजेको संसद बैठकमा प्रस्तुत हुने छ ।

Prachanda sushil kp oli

यसैबीच अहिले सत्तारुढ दल र मधेशी मोर्चाबीच सिंहदरवारमा भैरहेको वार्तामा भने कांग्रेस अनुपस्थित रहेको छ । तीन दल र मधेसी मोर्चाबीच वार्ता हुने भनिएपनि प्रमुख कांग्रेस वार्तामा उपस्थित छैन ।

पेरिसडाँडाँमा खुलासाः दिल्ली योजनामा बाबुराम मुख्य शुत्राधार !

दिल्ली दौडाहाबाट फर्किएका नेताहरुले सरकारले ल्याउन लागेको एउटा विधेयक पारित गर्न सघाउने बचन दिएपछि अन्य विषयमा पनि छिट्टै कुरा मिल्न सक्ने अनुमान गरिएको छ ।

sarkar madhesi morcha barta

उता भारतले नेपालमाथि नाकाबन्दी लगाएर नेपाली आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै ब्यापक आलोचना भैरहेको समयमा काठमाडौं स्थित भारतीय दुतबासले नेपाली सांसदहरुका लागि लञ्च मिटिङ आयोजना गरेको छ ।

नेपाली सांसदका लागि भारतीय दुताबासमा लञ्च मिटिङ

अहिले कतिपय सांसदहरु भारतीय दुताबासमा लञ्च मिटिङमा ब्यस्त रहेको बताइएको छ । कांग्रेस, एमाले र एमाओवादीसहित सबै पार्टीका तराई मधेसका सांसदहरु दुताबासमा लञ्च खान पुगेका छन् ।

प्रचण्डले गृहमन्त्रीलाई झपारे, बदनाम हुने काम नगर्न चेतावनी