३ मंसिर, काठमाडौं ।

धनी, पहुँच र हैसियतवाला कांग्रेस नेतृ सुजाता कोइरालालाई राज्यले दिएको ५० लाख उपचार खर्चले नेपाली मिडिया, जनमानस र सामाजिक संजाल यतिखेर तीव्र प्रतिक्रियात्मक बनिरहेका बेला उनैको पार्टी कांग्रेसका नेताहरु पनि खुल्न र बोल्न सकेका छैनन् ।

५० लाख प्रकरणः अन्ततः यसरी चिप्लिन् सुजाता !

नेपाली समाज यसरी तरंगित भइरहेका बेला कांग्रेसका नेता तै चुप मैं चुप देखिएका छन् । आखिर किन त ? कांग्रेसका एक केन्द्रीय सदस्य हैसियत भएर पनि सुजाताले यसरी राज्यबाट पैसा लिंदा कांग्रेस नेताहरुलाई बोल्न अप्ठ्यारो भएको हुन सक्ने बताउँछन् ।

Hisila sujata together

‘सुजाताजी आर्थिक रुपमा पनि धेरै कमजोर नेतृ होइन । उहाँले आफ्नो उपचारमा लागेको खर्च मैं आफैं गर्छु, राज्यलाई तिराउदिन भन्नुभएको भए निक्कै राम्रो हुन्थ्यो‘ कांग्रेसको ती नेताको भनाई छ, ‘तर, यस अघिका नेताले लिए जस्तै उहाँले पनि खर्च लिनुभयो । अरु जस्तै आलोचनाको मात्र बन्नुभयो ।’

यो तस्विरमा तपाइँ के देख्नु हुन्छ ? वास्तविकता अर्कै छ

आफूहरुलाई त्यसरी खर्च नलिइकन त्याग देखाउलिन् भन्ने लागे पनि सुजाताबाट त्यसो हुन नसकेको ती नेता बताउँछन् । तर, कांग्रेसका नेताहरुले न उनको विरोध र न बचाउमा नै खुलेर आफ्ना अभिव्यक्ति दिन सकेका छन्, साह्रै दोधारमा बस्नुपरेको ती नेता बताउँछन् ।

एमाले, माओवादीदेखि आम सामान्य सर्वसाधारणले फेसबुकसहितका सामाजिक संजालमा सुजाताको उछित्तो काढिरहँदा कांग्रेस नेता र कार्यकर्ताका सामाजिक संजालका वाल पनि सुजाताका विषयमा भरिएका त केही उल्लेख नै भएका छैनन् ।

केपी ओली, पूर्व राष्ट्रपति रामवरण यादव, खुमबहादुर खड्कासहितका नेताले राज्यबाट पैसा लिइरहँदा सुजाताले आफ्नो स्तनमा देखिएको क्यान्सरको उपचारको लागि पैसा लिनु ठूलो नभएको जस्ता टिप्पपणी सामाजिक संजालमा एकदमै थोरै आएका छन्, तर, हैसियत भएको, नेपालमैं उनको उपचार सम्भव भएको जस्ता विषयमा उनीमाथि विरोध भइरहेको छ ।

अमेरिकामा नयाँ बहसः हिलारीले अझै पनि चुनाव जित्न सक्छिन् !

फेरि हाम्रो जस्तो गरिब मुलुक जहाँ जनताले सामान्य उपचारसमेत नपाई मृत्युवरण गर्नुपर्ने यथार्थतामा सुजाताले राज्यबाट पैसा नलिइकन आफैं खर्च गर्दा उनले सकारात्मक सन्देश दिन सक्थिन भन्ने बुझाई पनि विरोध गर्नेहरुमा देखिन्छ ।