७ चैत, विराटनगर ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाश शरण महतले संबिधानसभालाई छाडेर सडक बाट संबिधान जारी गर्छु भन्नु गलत भएको बताएका छन् ।

आज बिराटनगरमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै उनले जनताको भावनालाई कुल्चिएर दोश्रो संबिधानलाई समेत तुहिन दिन नहुने बताए । संबिधान जारी गर्नको लागी बिवादस्पद बिषय राज्य पुनः संमरचना भएको कारण जनताले के चाहेका छन् भन्ने बिषयलाई बुझेर राज्य पुनः समरचना गर्नु पर्ने उनको धारणा थियो ।

माओवादीले संबिधान जरी गर्न नदिएर काँग्रेस एमालेलाई समेत जनताको सामु गलत सावी गर्ने खेलमा लागी परेको उनले बताए । नेपाली काँग्रेसको नेतृत्व समेत माओवादीको भुलभुलैयामा अड्किएकाले ढिलाइ गर्ने रणनितिमा बिपाक्षी दलरहेको उनको उनले बताए ।