२१ फागुन, काठमाडौं ।

नेपाली कांग्रेसको १३ औँ महाधिवेशनको दोस्रो दिन आज बन्द सत्र सुरु हुँदैछ । मनोनयन दर्ताको समय सकिएपछि भृकुटीमण्डपमा दिउँसो २ बजे बन्दसत्र सुरु हुने बताइएको छ ।

बन्द सत्रमा कार्यबाहक सभापति रामचन्दै पौडेलले पेश गर्ने नीति तथा कार्यक्रममाथि छलफल हुने छ।

यसैगरी महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले पेश गरेको संगठनात्मक प्रतिवेदन तथा कोषाध्यक्ष चित्रलेखा यादवको आर्थिक प्रतिवेदनमाथि छलफल हुने छ। बन्दसत्रले पार्टीको भावी नीति तथा कार्यक्रम तय गर्नेछ ।

congress mahaadhivesan prachanda sher bahadur ram chandra kp oli

सभापतिको मतगणना सभागृहमै

कांग्रेस महाधिवेशन अन्तर्गत सभापति र पदाधिकारीका लागि हुने चुनावको मतदान आइतबार हुने छ । मतदान सकिएपछि महामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामै हुने र सभापतिको मतगणना भने राष्ट्रिय सभागृहमा हुने कांग्रेसले जनाएको छ ।

कांग्रेस महाधिवेशनमा नेतृत्वका लागि संस्थापनका २ पक्ष र देउवा पक्ष गरी ३ प्यानल मैदानमा देखिएका छन् ।

रामचन्द्रले हुँदैन भनेको कुरा भएरै छोड्यो

महाधिवेशनमा २ सय ४० वटा निर्वाचन क्षेत्रका २ हजार ८ सय ८०, १८ वटा भातृ संस्था र शुभेच्छुक संस्थाका ९८, विदेशस्थित १७ वटा जनसम्पर्क समितिका १ सय २६ तथा ८४ जना केन्द्रीय सदस्यसहित ३ हजार १ सय ८८ जना प्रतिनिधि सहभागी छन् ।

पौडेल र देउवाको अन्तरद्धन्द्ध सुरु, महाधिवेशन उद्घाटनमा मिलाएनन् हात