२० फागुन, काठमाडौं ।

नेपाली काँग्रेसको ऐतिहासिक १३ औं महाधिवेशन कांग्रेस महाधिवेशन काठमाडौंको खुल्लामञ्चमा शुरु भएको छ । भव्य समारोहबीच उद्घाटन भएको समारोह भने अब्यवस्थित देखिएको छ ।

बोलाइएका नेताहरुलाई समेत आसन ग्रहण गराउन नसकिएको र सञ्चारकर्मीलाई कुनै ब्यवस्था नरहेको देखिन्छ ।

Congress 13th Convention inaguration

‘सुशीलको नेतृत्वमा बनायौँ संविधान, राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशनको उद्घाटन केहीबेरमा कार्यवाहक सभापति रामचन्द्र पौडेलले गरेका छन् ।

मञ्चको आवश्यक तयारी सम्पन्न भएको र मञ्चमा टाढाबाट हेर्न र सुन्नका लागि ठूला एलइडी पर्दा तथा गुणस्तरीय माइकको व्यवस्था गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक नवीन्द्रराज जोशीले जानकारी दिए।

उद्घाटनमा मञ्चमा केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्य, विभिन्न दलका प्रमुख तथा प्रतिनिधि, विदेशी पाहुनालगायत रहनेछन्। नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, संसद्, सञ्चारकर्मी, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि, नेता कार्यकर्तालगायत सहभागीलाई बस्नका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको उनले बताए।

उद्घाटनस्थल पार्टीको चारतारे झन्डा, पार्टीका ब्यानर, उम्मेदवारका प्रचारका ब्यानर तथा पोस्टरले भरिएको छ भने खुलामञ्चमा आवश्यक सरसफाइ गरिएको छ । सुरक्षाकर्मीको व्यापक उपस्थिति हुनुका साथै काँग्रेसका स्वयम्सेवक उद्घाटनको तयारीमा जुटेका छन् । स्थलमा सहभागीलाई खानेपानी र प्राथमिक उपचारको प्रबन्ध गरिएको छ । सुन्धारा, भद्रकाली र शान्तिवाटिकाबाट मुलुकभरबाट आएका काँग्रेस नेता कार्यकर्ता भेला भई उद्घाटनस्थल जाने तयारीमा छन् ।

उद्घाटनपछि महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुने तय भएको छ । आजदेखि चार दिनसम्म हुने महाधिवशेनको निर्वाचन कार्यक्रम भने राष्ट्रियसभा गृहमा हुनेछ । महाधिवेशनको तयारीका लागि राजधानी प्रवेश गर्ने स्थान तथा चोकचोकमा महाधिवेशनसम्बन्धी तुल, ब्यानर, होर्डिङबोर्ड, पोस्टर र नगरमा पार्टीको चारतारे झन्डा फहराइएको छ । बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर जवरा, गिरिजाप्रसाद कोइराला तथा सुशील कोइरालाका तस्बिर र नारा लेखिएका ब्यानर टाँसिएका छन् ।

महाधिवेशनमा भाग लिन काँग्रेसको विधानअनुसार २४० निर्वाचन क्षेत्रबाट समावेशी समानुपातिक प्रतिनिधित्वसहित १२ जनाका दरले दुई हजार ८८० प्रतिनिधि, भ्रातृ एवम् शुभेच्छुक १८ संस्थाका ९८, विदेशस्थित १७ जनसम्पर्क समितिका १२६ जना महाधिवेशन प्रतिनिधि राजधानी आइसकेका छन् ।

त्यस्तै वर्तमान केन्द्रीय समितिका पदाधिकारी एवम् केन्द्रीय सदस्य ८४ गरी तीन हजार १८८ महाधिवेशन प्रतिनिधि महाधिवशेनमा सहभागी हुनेछन् । तेह्रौं महाधिवेशनका लागि बुधबार कार्यवाहक सभापति रामचन्द्र पौडेलले महामन्त्रीमा नेता डा शशाङ्क कोइरालालाई लिएर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

त्यस्तै महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि महामन्त्रीमा युवानेता गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीलाई लिएर सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । वरिष्ठ नेता शेरबहादुर देउवाले महामन्त्रीमा नेता अर्जुननरसिंह केसीलाई लिएर सभापतिमा उम्मेदवारी घोषणा गरेछ । यसबाहेक सयौं नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

प्रचण्ड र ओलीको भित्री समर्थन सिटौलालाई
सुजातालाई बसमा पार्न रामचन्द्रले फालेका ३ पासा
कांग्रेसमा यहाँ नेर हुँदैछ वास्विक भिडन्त