२७ माघ, काठमाडौं ।
सरकारमा कांग्रेसका १५ मन्त्री छन् तर, कांग्रेसमा मन्त्री छन् भन्ने कुनै संकेत नै नदेखिएको भन्दै पार्टीमा तीव्र असन्तुष्टि छ । मन्त्री धेरै भए पनि काम गर्न नसकेको पाटो एउटा होला तर, कतिपय अवस्थामा प्रधानमन्त्री प्रचण्डले काम गर्न नदिएको पनि आरोप लगाइन्छ ।

प्रचण्ड सरकार ढाले देउवा प्रधानमन्त्रीबाट बञ्चित हुन सक्ने

वर्षौसम्म अन्धकार रहेको काठमाडौंसहितका प्रमुख सहरमा यतिबेला लोडसेडिगं छैन । माओवादीबाट उर्जामन्त्री बनेका जनार्दन शर्मा हाइहाइ बनेका कांग्रेसबाट मन्त्री बनेकाले राम्रो कार्यसम्पादन गर्न नसकेकोमा भित्रैबाट तीव्र असन्तुष्टि छ ।

यस्तो असन्तुष्टि व्यक्ति गर्नेमा रामचन्द्र पौडेल पक्ष सबैभन्दा अगाडि छ । पौडेल पक्षका महामन्त्री डा. शशांक कोइरालाले त आफूले सरकारमा कांग्रेसका मन्त्री नै नदेखेको बताएका छन् । उनीहरुको काम प्रभावकारी नभएको चित्तबुझ्दो नभएको उनको यो भनाईबाट प्रष्ट हुन्छ । हुन पनि कांग्रेसले यसपटक विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, रमेश लेखक बाहेकका अरु प्रायः मन्त्री नयाँ अनुहारका पठाएका छ । नयाँ भएपछि प्रभावकारी कार्यसम्पादन हुन नसक्नु पनि ठिकै हो । फेरि राष्ट्रिय राजनीतिमा देखिने भन्दा पनि नेता कार्यकर्ताको घेरा नाघ्न नसक्दा पनि कांग्रेस मन्त्री कमजोर बन्न पुगेका छन् । स्वास्थ्य मन्त्री गगन थापालाई छोड्ने हो भने यतिखेर अरु मन्त्रीलाई बत्ति बालेर खोज्नुपर्ने अवस्था छ । मन्त्रीले गतिलो काम नगरेपछि उनीहरुलाई जागिरमात्रै ख्वाउने की सरकार परिवर्तनसम्म पनि पुग्ने बहस अब कांग्रेसमा उब्जिन सक्छ ।

देउवाको यस्तो पो रहेछ दाउ

के होला अब ?
एकातिर आफ्ना मन्त्रीको कार्यसम्पादन चित्तबुझ्दो नभएको र अर्कोतिर प्रचण्ड नेतृत्वसँग कांग्रेस नै सशंकित हुन थालेको छ । संविधान संसोधन र निर्वाचनको लागि प्रधानमन्त्री प्रचण्डले खास अग्रसरता नलिएपछि कांग्रेस सभापति देउवा झस्किएका छन् । झन् संसद १५ दिनलाई सारिएपछि त यतिखेर देउवाको होस् हवास् नै उडेको छ । कम्तिमा जेठको पहिलो हप्तासम्म चुनाव हुँदा देउवाको प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ । नभए अहिलेदेखि नै यो सरकारसँग उनको साथ टुट्नबाट रोक्ने कोही हुँदैन । यस्तोमा देउवाको पालो फेरि पनि अन्त्य हुन सक्छ । किनकी चुनाव नहुँदा प्रचण्डले सत्ता छोडिहाल्न सकने अवस्था छैन ।

प्रचण्ड र कमल थापाबीच गोप्य वार्ता

एमाले अध्यक्ष केपी ओलीकै नेतृत्वमा पनि सरकार बन्ने बाटो पनि फेरि खुल्न सक्नेछ । यद्यपी यो यकिन भइसकेको छैन । निर्वाचनको विषय हुनाले कांग्रेस र एमालेको संयुक्त सरकार बन्ने सम्भावना पनि टरिसकेको छैन । यता आइजिपी नियुक्तिमा देउवाले जयबहादुर चन्दलाई च्यापेपछि प्रचण्डसँगको सत्ता सहकार्य लामो समय जाँदैन की भन्ने आशंका गर्न थालिएको छ ।