३ जेठ, काठमाडौं ।

नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका नेताबीच छलफल हुँदैछ । भोली संसद बैठक भएकाले संविधान संसोधन प्रकृया शुरु गर्नुअघि कांग्रेसले राजपाका नेताहरुसँग छलफल गर्न लागेको हो । छलफल अहिले केही बेरमा कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा हुँदैछ ।

सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले भोलीको संसद बैठकबाट संविधान संसोधन गरी राजपाले उठाएका माग सम्बोधन गर्ने र उनीहरुलाई पनि दोस्रो तहको स्थानीय तह निर्वाचनमा सहभागि गराउने बताएका थिए ।

छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायत शिर्ष नेताहरु सिंहदरवार पुगिसकेका छन् भने राजपाका शिर्ष नेताहरु सिंहदरवार जाँदैछन् ।