३१ जेठ, काठमाडौं ।

सरकारले भूकम्पपीडितका लागि प्रभावकारी काम नगरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रभावित क्षेत्रका सांसद र जिल्ला सभापतिसँग छलफल गर्ने भएको छ ।

१ असारदेखि संसदमा बजेट र सरकारका कामकारवाहीका विषयमा छलफल हुने भएपछि कांग्रेसले प्रभावकारी रुपमा आवाज उठाउने तयारी स्वरुप मंगलबारलाई संसदीय दलको कार्यायलमा बैठक बोलाइएको जानकारी कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए ।

congress meeting sher bahadur deuwa ramchandra paudel

‘संसद बैठक सुरु हु्ँदै गर्दा भूकम्पबाट प्रभावित जिल्लाहरुमा सरकारले अहिलेसम्म कति काम गर्यो कति गर्न बाँकी भनेर छलफल गर्न सांसद र जिल्ला सभापतिको बैठक बोलाइएका हौं’ श्रेष्ठ भन्छन्, ‘संयुक्त बैठकले कांग्रेसल अब प्रभावकारी भएर प्रतिपक्षीका रुपमा आवाज उठाउँदै जान्छ ।’ बैठक ३२ जेठ बिहान ९ बजे कांग्रेस दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

हारेकालाई ल्याउने देउवाका नयाँ दाउ !

कांग्रेसले सरकारले संसदमा प्रस्तुत गर्दै गरेको विधयेकका कानुनीसहित प्रक्रियागत पक्षमा असन्तुष्टी जनाउँदै केही दिन अघि पार्टी निकट कानुन व्यवसायीसँग छलफल गरेको थियो ।

विप्लवको चेतावनी- जुनसुकै टावर ध्वस्त पार्छौं

बैठकमा सभापति शेरबहादुर देउवाले अहिलेसम्म सरकारबाट प्रभावित क्षेत्रमा भएका पुननिर्माणको लागि भएका कामको विवरण बुझ्नुका साथै तत्काल के गर्नुपर्छ भन्ने विषयमा सांसद र जिल्ला सभापतिको सुझाव लिनेछन् । वर्षायाम मध्य हुँदा पनि सरकारले पीडितका लागि घर बनाउने प्रक्रिया अघि नबढाएको प्रमुख प्रतिपक्षी दल कांग्रेस असन्तुष्ट हु्ँदै आएको छ ।