१६ चैत, काठमाडौँ।
हिजो सोमबार काठमाडौँमा हावाहुरी आएको बेला आकाशमा युएफओ देखिएको सामाजिक सञ्जालमा व्यापक चर्चा छ। हावाहुरीसंगै आकाशमा अनौठा एलियन जहाज जस्तो देखिने आकृति सहितका तस्बिर अहिले सेयर भइरहेका छन्।

ufo in kathmandu 2261912

Unidentified Flying Objects (UFO) त्यस्तो उडनतस्तरी हो जुनको अस्तित्व र वास्तविकता अहिलेसम्म रहस्यमै छ। एलियनले यस्तो जहाज काठमाडौँ माथी आकाशमा ल्याएकै कारण हावाहुरी आएको यी तस्बिर देख्ने कतिपयले विश्वास समेत गरेको पाइयो।

ufo in kathmandu 3811512

फोटोसपको मद्धतले बनाइएका यी तस्बिरमा देखिएका युएफओ भने वास्तविक होइनन। ख्यालठट्टा र रमाइलोको लागि बनाइएको भएपनि थुप्रै यस्ता फरक फरक तस्बिर व्यापक सेयर हुँदा कतिपयमा कतै यसमा सत्यता त छैन भन्ने भान पर्न गएको छ।

साथै बेलुकीपख आकासमा अनौठो प्रकास समेत देखिएको भन्दै केही फोटोसप गरिएका तस्बिर सामाजिक सञ्जालमा सेयर गरिए। दिउँसोको युएफओको कुराले मलजल गरेकाले फेरी यी तस्बिरले पनि मानिस झुक्काए, झ्याल खोलेर आकाश हेर्नुपर्ने अवस्था समेत पैदा भयो।