७ साउन, हेटौडा । हेटौँडा–कुलेखानी फर्पिङ सडकखण्डअन्तर्गत पर्ने मदन भण्डारी राजमार्गको सिस्नेरी गाविस–४ थिङडाँडामा आज बिहान परेको वर्षाले पहिरो जाँदा काठमाडौँ–हेटौँडा यातायात अवरुद्ध भएको छ ।

काठमाडौँबाट हेटौँडाका लागि आज बिहान छुटेको जिपका यात्रु सिस्नेरीको थिङ डाँडामा रोकिन पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मौसम अनुकूल भएमा आज अपराह्नसम्ममा थिङडाँडामा पहिरो हटाई यातायात चालु गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । रासस