३१ असार, काठमाडौं । काठमाडौं यस्तो खाल्डो हो एक झर दर्किएर पानी पर्यो भने सडकमै खोला बग्छ । अलिकता सावधानी अपनाउन सकिएन भने त्यसैले ज्यानै समेत लिने गर्छ । अहिले सामाजिक सञ्जालमा यस्तै एउटा भिडियो भाइरल भएको छ ।

काठमाडौंको सामाखुसीमा एक बालिका विद्यालयबाट फर्किरहँदा अचानक सडकबाट पानीमा डुबेर गायव हुन्छिन् । उनी अचानक खाल्डोमा पर्छिन् । धन्न ढलबाट बग्दै तल निस्किएपछि एक व्यक्तिले समातेर उनलाई उद्धार गरेका छन् ।

काठमाडौ महानगरपालिकाले मोनो रेल चलाउने कुरा गरिरहँदा यो भिडियो राखेर मानिसहरुले सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका छन् । (हेर्नुस भिडियो)