२ असोज, काठमाडौं । राजधानीको मित्रनगर र सुनाकोठीमा बुधबार १५ लाखभन्दा बढीको चोरी भएको छ ।

file photo

मित्रनगर डेरा बस्ने सिन्धुली घर भएका देव लामा र चितवन घर भएकी उमा केसीको कोठाबाट करिब १ लाख ७० हजार रुपैयाँ बराबरको सुनका गरगहना बुधबार दिउँसो चोरी भएको छ ।

ललितपुरकाे सुनाकोठी चौतारा बस्ने रमेश जंग थापाको घरबाट सुनका बिभिन्न गरगहना, घडी, ल्यापटपतथाक्यामरा समेत गरी करिब १३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।