काठमाडौं, २० जेठ । काठमाडौंकाे बबरमहलमा साेमबार दिउँसाे भयानक दुर्घटना भएको छ । दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् ।

बा ९५ प ९४ ४१ नम्बरको मोटरसाइकलले बबरमहलको सडक विभाग अगाडि चोकमा जेब्रा क्रसमा बाटो काट्दै गरेकी एक महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट महिला गम्भीर घाइते भएपछि भागेका मोटरसाइकल चालकले जिल्ला अदालत अगाडिको जेब्रा क्रसमा पनि पुगेर बाटो काट्दै गरेका दुई महिलालाई ठक्कर दिएपछि आफैं पछारिएका थिए ।

मोटरसाइकल चालकसहित चारै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नर्भिक र सिभिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको नाम ठेगाना खुलेको छैन ।