५ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको मेयरमा आफैंलाई चुनाव लडौं लडौं लागेको बताएका छन् ।

फाइल फाेटाे

पार्टीका ठूला नेतालाई स्थानीय चुनावलाई सानो नसोच्न हौस्याउँदै प्रचण्डले यस्तो बताएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पार्टीका स्थायी समिति र पोलिट्ब्युरो सदस्यहरुलाई पनि स्थानीय चुनावमा उमेद्बार हुन आग्रह गरे ।

पार्टीको ३ नम्बर प्रदेशको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ संरचना अनुसार स्थानीय सरकारको चुनाव पहिलो भएकाले सानो नसोच्न आग्रह गरे ।

तपाइहरुले यो चुनावलाई सानो नसम्झनुस्, प्रचण्डको भनाई उद्यृत गर्दै बैठकमा सहभागी एक नेताले भने, मलाई त काठमाडौंको मेयरमा उठौंउठौं जस्तो लागेको छ ।’

उनले स्थानीय चुनावको महत्व दर्शाउनका लागि यस्तो भनेको ति नेताको भनाई छ ।