५ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौं महानगरपालिका–२६ नरसिंह चोक नजिक सालकको खपटा र बाघको छालासहित नवराज न्यौपाने र केशव अर्याललाई मंगलबार पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले झोलामा बोकेर हिँडिरहेको अवस्थामा तीन फिट ११ इञ्च लम्बाइ भएको बाघको छालासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकासँग प्रहरीले एक किलो ४०० ग्राम सालकको खपटासमेत बरामद गरेको छ । दुबै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको छ ।