१२ मंसिर, सुनसरी ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको नर्सिङमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट भद्रपुर जाँदै गरेको ना ५ ख ४८०४ नम्बरको बसलाई रोकिरहेको अवस्थामा आज बिहान ना ३ ख ७९९० नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएर दुर्घटना भएको प्रतक्ष्यदर्शीले जानकारी दिएका छन ।

दुर्घटनामा परि सुनसरी नरसिंह १ का ३० वर्षीय खुर्सित आलम, सोही ठाउँका ३५ वर्षीय हासिम मन्सुरी मिया र सहचालक मधुमल्लाका ३० बर्षिय सन्तोष केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका आलमको भने इनरुवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुने दुबै यात्रु सोही ठाउँमा झर्ने क्रममा ट्रकले ठक्कर दिएको थियो । दुर्घटना वारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।