foto१० असोज काठमाडौं । काठमाडौं उपत्यकामा केबुलकार निर्माणमा फ्रान्स सरकारले चासो देखाएको छ । नेपालस्थित फ्रान्सेली दूतावासका कार्यवाहक राजदूत भर्जिन कोर्टेवालले अर्थमन्त्री शंकरप्रसाद कोइरालालाई भेटी उक्त चासो देखाइएकि हुन ।

उनले अर्थएमन्त्रीलाई काठमाडौको बढ्दो सवारी साधनको चाप नियन्त्रण गरी वातावरणीय सन्तुलन कायम गर्न केवुलकार प्रभावकारी हुने जानकारी गारएकि छन् । धेरै देशमा आफूहरुले गरेको यसखाले परीक्षण सफल भएको बताउँदै राजदूत कोर्टेवालले नेपालमा पनि सम्भाव्यता अध्ययन गर्न चाहेको बताएकि हुन ।

मन्त्री कोइरालाले बढ्दो इन्धन खर्च कम गर्न यसखाले परियोजना सार्थक हुने बताउँदै तर यो सेवा सहुलियतपूर्ण हुनुपर्ने बताए । पर्यटकीय र वातावरणीय दृष्टिले पनि केवुलकार सेवा फलदायी हुने उनको विश्वास थियो । मन्त्री कोइरालाले इन्धन खपत कम गर्न विद्युतीय प्रविधिको विकास नेपालमा आवश्यक भएकोमा जोड दिँदै उर्जामा आत्मनिर्भरतासँगै यसको उपयोगिता थप प्रभावकारी हुने विश्वास व्यक्त गरे ।