२ असोज, काठमाडौं । राजधानीमा नयाँ मल्टिप्लेक्स सिनेमा हल संचालनमा आएको छ । मध्य बानेश्वर स्थित बिहिबारबाट संचालनमा आएको आईप्लेक्स मलमा रहेको ‘वान सिनेमा’को पनि बिहीबारदेखि सञ्चालनमा आएको हो ।

७.१ डल्बी डिजिटल साउण्ड सिस्टम सहित टुडी र थ्रिडी चलचित्र हेर्न सकिनेछ । फोरके भिडियो प्रोजेक्सन सिस्टम जडान गरिएको वान सिनेमामा कुल २ वटा हल रहेका छन् । ४१० सिट क्षमताको वान सिनेमा व्यवसायी तथा चलचित्र निर्माता प्रज्वल सम्शेर जंगबहादुर राणा र चलचित्र निर्देशक एवं कोरियोग्राफर रेनशा वान्तवा राई (राणा)ले संचालनमा ल्याएका हुन् ।

सिनेमा हल शुभारम्क कार्यक्रममा नायिका रेखा थापा, निर्देशक तथा कलाकार दिपाश्री निरौला, नायिका श्वेता खड्का, नायिका वर्षा राउत, अभिनेता दयाहाङ राई, कलाकार विल्सन विक्रम राई, निर्देशक रामबाबु गुरुङ, नायिका सुष्मा राणा कार्की, नायिका जसिता गुरुङ, नायक धिरज मगर, नायक संजोग कोइराला लगायतको उपस्थिती शुभारम्भ कार्यक्रममा रहेको थियो ।