७ असोज, काठमाडौं ।

पृथ्वी राजमार्ग बस संचालक समितिले काठमाडौं पोखरा रुटमा सुविधा सम्पन्न आधुनिक बस सञ्चालनमा ल्याएको छ । यात्रुले इच्छा अनुसार टेलिभिजन हेर्न पाउने, व्रेकफास्ट तथा लन्च बसमै उपलब्ध हुने र सुतेर यात्रा गर्न मिल्ने बस शनिवारदेखि सञ्चालनमा आएको हो ।

पोखरा काठमाडौं यात्रा गर्ने यात्रुहरुको सुबिधालाई ध्यान दिएर अत्याधुनिक सुबिधा सहितको एसी बस सञ्चालनमा ल्याएको समितिले जानकारी दिएको छ । बसमा ट्वाइलेट र बाथरुमसहित मोवाइल चार्जसमेत गर्न मिल्ने ब्यवस्थापनि छ ।

फ्रि वाईफाई सुबिधा सहितको बसमा ‘जीपीएस’ समेत रहेकाले यात्रुका आफन्तले बस कहाँ पुग्यो भनेर सजिलै थाहा पाउन सक्ने बताइएको छ ।

तत्काललाई एक्काइस सिटका दुईवटा बसवाट यो सेवा शुरु गरिएपछि भविश्यमा अरु बस पनि थपिने समितिले जानकारी दिएको छ ।