९ जेठ, काठमाडं । काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार नेकपा (एमाले) को अग्रता कायमै रहेको छ ।

एमालेका तर्फबाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ४१ हजार ११५ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेसका राजुराज जोशीले २९ हजार २३० मत प्राप्त गरेका छन । यो जम्मा एक लाख २४ हजार ४५७ मत गणना हुँदाको परिणाम हो ।

त्यसैगरी, विवेकशील पार्टीका उम्मेदवार रञ्जु दर्शनाले १५ हजार १७२ मत प्राप्त गरेकी छन भने साझा पार्टीका किशोर थापाले ११ हजार ४८५ मत प्राप्त गरेका छन । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सर्वोत्तम डङ्गोलले चार हजार ५३८ मत प्राप्त गरेका छन ।

त्यस्तै, उपप्रमुख पदमा काँग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले ३७ हजार ७२३ मत प्राप्त गरेका छन । राप्रपाका उपप्रमुख पदका उम्मेदवार राजाराम श्रेष्ठले २२ हजार ४५६ मत प्राप्त गरेका छन ।

माओवादी केन्द्रका उपप्रमुख पदमा सुशीला पौडेलले सात हजार ८६ र साझा पार्टीका निरुपमा यादवले सात हजार ३९२ मत प्राप्त गरेका छन ।