९ जेठ, काठमाडौँ ।

स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं १९ मा नेपाली काँग्रसको पूरै समूह विजय भएको छ ।

अध्यक्षका उम्मेदवार काँग्रेसका शशीलाल श्रेष्ठले एक हजार ८९९ र उनका प्रतिद्वन्द्वी नेकपा(एमाले)का आनन्द शाहीले ८२१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी महिला सदस्यमा रेणुकमल शाही एक हजार २३१ मत प्राप्त गरेका छन् । दलित महिला सदस्यमा भने काँग्रेसका तर्फबाटै रञ्जिता परियार निरविरोध निर्वाचित भइसकेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।

खुला सदस्यमा काँग्रेसकै तर्फबाट चन्द्रमान डङ्गोल एक हजार १२६ र मधुसूदन प्रधान एक हजार १५२ मत प्राप्त गरी विजयी भएका छन् । हालसम्ममा कामपा–१, २,३, ५, १९, २२, २३, २४, २५, २६, २७, २८, २९ र ३० को मतगणना सम्पन्न्न भइसकेको छ । हाल ४, ६, ७, ८, ९, १५, १७, १३, १८, २०, २१, ३१, ३२ वडाको मतगणना जारी छ । रासस