२५ चैत, दमासकस ।

सिरियाको मध्य प्रान्त हामामा अवस्थित एक प्रहरी चौकीलाई लक्ष्यगरी गरिएको एक कारबम आक्रमणमा परी कम्तीमा १० सिरियाली सैनिकको मृत्यु भएको छ ।

siriya burning-cars

सो आक्रमणमा परी अन्य कैयौं घाइते भएका सिरियामा रहेका एक पर्यवेक्षण समूहले बुधबार जानकारी दिएको छ ।

सो कारबम विस्फोट हामा प्रान्तको सहल एल घाब क्षेत्रका भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।

राज्यद्वारा सञ्चालित साना समाचार समितिले विस्तृत विवरण नदिइकन सो कारबम आक्रमणमा कैयौँ व्यक्ति सहिद हुनुका साथै घाइते भएको जानकारी दिएको छ ।

यद्यपि अब्जरभेटरीले सिरियन हवाईबलले हामा प्रान्तको उत्तरी इलकामा पर्ने सयद सहरमा मध्यरातमा भारीमात्रामा बम खसालेको बताएको छ ।

केही महिनादेखि सो इलाकामा सिरियाली हवाई बलले शृङ्खलाबद्ध रुपमा विद्रोहीलाई लक्ष्य गरी बमबारी गर्दै आएको छ । रासस÷सिन्ह्वा