२८ कार्तिक, काठमाडौ ।  काठमाण्डौको कालिमाटीमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । कालीमाटी चोकमा झोलामा राखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेपछि त्यहाँ केहीबेर आतंक सृजना भएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले सो बस्तु निष्क्रिय तुल्याएको हो ।