२० मंसिर, कावासोती । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको तम्सरीयामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

ना ३ ख २७५१ नम्बरको ट्रक तम्सरिया-५ फूलबारी घुम्तिमा ट्रक अनियन्त्रित भई पल्टिदा उदयपुर घर भएका ६४ बर्षीय ट्रक धनि खड्क बहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ट्रक चालक रौतहट पौराहीका बिकराज वाइबा र सर्लाही बर्मैया ४ का कमल मगर घाइते भएका छन् । घाईतेहरूको उपचारको लागि चितवनको मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।