२६ मंसिर, काठमाडाैं ।

सत्तारूढ दल र मधेसी मोर्चाबीच शुक्रबारको वार्ता निष्कर्षविहीन भएको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मोर्चा र सत्तारूढ दलबीच दिउँसो सवा १ बजे सुरु वार्तामा प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन विधेयकमा समेत अगाडि बढ्न दिन आग्रह गरेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नेताहरूले असहमति जनाए ।

वार्तामा प्रमुख प्रतिपक्षी कांग्रेस उपस्थित भएन । कांग्रेसले मोर्चासँग छुट्टै कुराकानी गरेको थियो । नयाँ बानेश्वरस्थित संसद् परिसरमा मोर्चासँग छलफल गर्दै कांग्रेसले पुनर्निर्माण विधेयकसँगै आफ्नो सरकारको पालामा अघि बढाइएको दुई विषयमा संविधान संशोधन पारित गर्ने वातावरण बनाउन आग्रह गरेको थियो । मोर्चा नेताले भने त्यसलाई पनि अस्वीकार गरे ।

तीन दल(मोर्चाबीच बिहीबार सिंहदरबारमा भएको वार्तामा सत्तारूढ दलले पुनर्निर्माण विधेयक अघि बढाउने वातावरण बनाउन गरेको आग्रहमा मोर्चा सहमत भएको थियो । शुक्रबारको वार्तामा संविधान संशोधन विधेयकसमेत पारित गरिनुपर्ने माग आएको भन्दै प्याकेजमै सहमति नभएसम्म त्यसलाई मान्न नसकिने तमसपा वरिष्ठ नेता रामनरेश राय यादवले बताए । कान्तिपुर