३० फागुन,काठमाडौ ।
पार्टी छोडेर छ महिनापछि नयाँ शक्तिले आफ्नो पार्टीको लोगो सार्वजनिक गरेको छ । तर पूर्व पार्टी एमाओवादीको भातृ संगठन वाइसीएलको लोगो चोरेर पार्टीको झण्डा बनाएपछि भट्टराईको चर्को आलोचना भएको छ । पूर्व प्रधानमन्त्री एवं पूर्व एमाओवादीका नेता भट्टराईले आफ्नो लोगो चोरी गरेर झण्डा बनाएकोप्रति वाइसिएलले आपत्ति जनाएको छ ।YCL Logo book

वाइसीएलले विधानमै उल्लेख भएको लोगो चोरी गरी नयाँ शक्तिले झण्डा बनाउनु गलत काम भएको वाइसीएलका अध्यक्ष आरसी शर्माले बताए । नयाँ शक्ति गठनपछि झण्डा र लोगा बनाउन सार्वजनिक आह्वान गरेको थियो ।

नयाँ शक्तिले एमाओवादीसंग मिल्ने गरी झण्डा र लोगो बनाएपछि थप विवाद देखिएको छ । शर्माले भने, वाइसीएलको नेपालको झण्ड हटाउन आग्रह गर्दै अन्य विकल्प खोज्नु पर्ने बताए ।

पार्टी विभाजनपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ शक्ति अभियानका संयोजक बाबुराम भट्टराईबीचको विवाद उत्कर्षमा पुगेको बेला नयाँ शक्तिले वाइसीएलसंग मिल्ने गरी झण्डा र लोगो सार्वजनिक गरेको छ ।