२२ फागुन, काठमाडौं । जापानी नोट येन बनाउन नेपालामा पाइने अर्गेली नामको विरुवाको बोक्रा प्रयोग हुने गरेको छ । सुन्दा अचम्म लागेपनि यही बिरुवाको बोक्रा बेचेर किसानहरुले लाखौं रुपैयाँ आम्दानी गर्दै आइरहेका छन् ।

अर्को आशालाग्दो तथ्यांक भेटिएको छ । त्यो हो–नेपालबाट आर्थीक वर्ष २०७२–७३मा ६० हजार किलो अर्गेलीको बोक्रा जापान निर्यात भएको छ । जसको मूल्य ३ करोड ५५ लाख ४२ हजार ६ सय ९५ रुपैंया बराबर हुन्छ ।

‘अर्गेलीको बोक्रा बिशेषगरी नोट बनाउन जापानमा निर्यात भइरहेको छ,’ व्यापार तथगा निकासी प्रबद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाइले भने, ‘यसको निर्यात वर्षैपिच्छे उल्लेख्य दरमा वृद्धि भइरहेको छ ।’

अर्गेली पहाडी भेगमा पाइने एक प्रकारको बिरुवा हो, जसको बोक्रा नेपालमा हाजे कागज बनाउन प्रयोग गरिन्छ । त्यसकै बोक्रा जापानले भने केही वर्षदेखि आफ्नो कागजको नोट बनाउन लैजाने गरेको छ । आजको नागरिक दैनिकमा खवर छ ।