नेपाल कृषि प्रधान देश हो । नेपालमा असि प्रतिशत जनसंख्या कृषिमा आधारित मानिदै आएको छ । हरेक सरकारले कृषि क्रान्तिको नारा दिएपनि व्यवहारिक रुपमा लागू हुन सकेको छैन् । कृषि प्रधान देश भएपनि नेपाल कृषिजन्य वस्तुमा परनिर्भर हुँदै आएको छ । कृषि क्षेत्रमा आत्मनिर्भर हुन सकेको छैन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अगाडि सार्नु भएको छ । देशलाई कृषिमा आत्मनिर्भर बनाउदेखि लिएर किसानलाई पेन्सन प्रदान गर्दे देशका विभिन्न क्षेत्रलाई पकेट क्षेत्र घोषणा गर्ने लगायतको नीति र कार्यक्रम अगाडि सारेको छ । यसरकार नीति र योजना व्यवहारमा भन्दा बोलीमा मात्र सीमित बन्दै आएको बेला कृषि क्षेत्रको सुधारको लागि कृषि मन्त्रालयले गरिरहेको कामको बारेमा केन्द्रीत रहेर कृषिराज्यमन्त्री राधिका तामाङसँग नेपाली हेडलाइन्सले गरेको कुराकानीः–

radhika-tamang-2 राधिका तामाङ, कृषिराज्यमन्त्री

किसानको पक्षमा काम गरेर देखाउछौं
सरकारले प्रधामन्त्री कृषि आनुनिकरण परियोजना प्रभावकारी रुपमा अगाडि बढाउने योजनामा छौं । कृषि क्षेत्रमा जारी भइरहेका राम्रो कामलाई निरन्तरता दिने र नयाँ कार्यक्रम पनि एक साथ अगाडि बढाउने सोचमा छौ । सरकर र किसानबीचको दुरी घटाएर कृषि क्षेत्रमा परिवर्तन दिलानको लागि काम भइरहेको छ । सरकारको मुख्य काम भनेको किसानलाई राहत दिने हो । कृषिलाई आधुनिकरण गर्दै कृषि प्रदान देशलाई आत्मनिर्भर बनाउने हो । किसानको जीवनस्तर उकास्नको लागि कृषि पकेट क्षेत्र घोषणा गरेरै काम अगाडि बढाउने सोच बनाएका छौं ।

बोलीमा होइन व्यवहारमा उर्ताछौं
हाम्रो देश कृषि प्रधान देश हो । तर कृषिजन्य सबै वस्तुमा हामी परनिर्भर छौ । आत्मनिर्भर बन्न सकेका छैनौं । देशको हजारौ हेटक्र्टर खेती योग्य जमिन बाझै छ । हाल खेती भइरहेको जमिनमा परम्परागत रुपमा खेतीपाती हुँदै आएको आधुकिरणतर्फ जान सकेको छैन् । हामीले जति कृषि क्रान्तिका कुरा गरेपनि प्रमुख राजनीतिक दलका नेताहरुको दिमागमा कृषिमा परिवर्तन गर्नुपर्छ भन्ने सोच निकै कम छ । माओवादीले सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्रीले सरकारले अगाडि सारेको कार्यक्रमलाई कार्यान्वयन गर्नको लागि नीति योजना बनाएर कार्यान्वयनको चरणमा छौं । यो कार्यक्रम मार्फत देशमा उत्पादन बृद्धि गरेर आत्मनिर्भर गराउने योजना र भिजन सहित आएको छ । माओवादीको नेतृत्वमा सरकार गठन भएपछि मुख्य प्राथममिकतामा राखिएको छ ।

कृषिलाई नारा र देखाउको लागि मात्र होइन साच्चिकै व्यवहारमा उर्तानु पर्ने आवश्यकता छ । यसको लागि सरकारको स्पष्ट नीति अगाडि सारेको छ । धेरै कमाउने आशामा नेपालीहरु विदेश जान हतार गछौ । राजनीति दलका नेता मन्त्री नेता कार्यकर्ता सबै कृषिको अध्ययन गर्नको लागि विदेश जान्छौ । तर विदेशमा देखेको कुरालाई नेपालमा लागू गर्न थोरै पनि प्रयास गदैनौं ।

radhika-tamang-1

अब कृषि औद्योगिकरण क्षेत्र बनाउँछौ
उत्पादनयोग्य जमिन सबै प्लटिङ गरेर सिधिएको छ । अब खेती कहाँ गर्ने ? यस्तो अवस्था सृजना हुँदा किसान पेसा अगाल्नेहरु चिन्तित भएका छन् । खेती गर्नको लागि भन्दा पनि नागरिकहरु धेरै पैसा आउने प्रलोभनमा प्लटिङ गर्नको लागि मात्र जमिन दिन प्रचलन गरेको छ । यसको लागि ठोस योजना बनाउछौ । कृषि औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने योजना हामीले बनाएका छौं । सरकारले नै अब कृषि औद्योगिक क्षेत्र छुटयाएर गयो भने हामीले नारामा देखिएको कुरालाई व्यवहारमा उर्तान सक्छौ । सरकारले पनि मुख्य कृषि नै हो भनेर बजेट छुटयाउनु पर्छ ।

भाग पुर्याउनको लागि मन्त्रालय फुटाउनु दुःखद
भाग पुर्याउनको लागि मन्त्रालय फुटाउने काम राम्रो होइन । भाग पुर्याउनको लागि मन्त्रालय फुटाउने होइन । अहिले नङ र मासुको सम्बन्ध रहेको कृषि मन्त्रालयलाई फुटाएर पशुपंक्षी मन्त्रालय बनाइएको छ । यसले गर्दा काम गर्न निकै कठिनाई भएको छ । कृषि र पशुलाई छुटयाउदा अपाङगताको महशुस भएको छ । यो विषयमा गम्भीर हुनुपर्छ । अझै सिचाई मन्त्रालयलाई समेत जोडेर लैजानु पर्ने आवश्यक देखियो । नियमित रुपमा बजेट छुटयाउने भएपनि जनताको पहुँजमा पुगेको छैन् । मन्त्रालयले अगाडि सारको नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गराउन मन्त्रालय मातहतको सबै निकाय लाग्नु पर्छ ।

कर्मचारी र मन्त्रीले गरेको काम थाहा पाउनुपर्छ
कर्मचारी सुध्रिनु पर्ने अहिलेको आवश्यकता हो । कर्मचारीहरुले राख्दै आएको परम्परागत सोच र विचारमा परिवर्तन गर्नुपर्छ । सँगै राजनीतिक दलरु पनि सुध्रिनु पर्छ । मन्त्रालयसँग नीति र कार्यक्रम छ । तर अनुगमन गर्ने निकाय नै भएन । कर्मचारीलाई मन लाग्दा काम गर्ने मन नलाग्दा नगर्दा पनि हुने परिपाटी देखियो । मैले मन्त्रालय मातहतका सबै निकायको अनुगमन गरेर एक महिना भएर कर्मचारीहरुले के–के काम गरे त्यसको विवरण पेश गर्न निर्देशन दिएको छु । कर्मचारीले के गरे मन्त्रीले के काम गरे सबैले थाहा पाउनु पर्छ ।

तीन नम्बरमा प्रदेशमा आलु उत्पादनलाई पटक क्षेत्रको रुपमा लैजाने योजना बनाएका छौं । एक हजार हेक्टरको जमिन लिएर आलु उत्पादन गर्ने कार्यक्रम अगाडि सारेका छौं । आधुनिकरण विऊ विजन गुणस्तरीय प्रविधि प्रयोग गरेर त्यहाँ काम गर्ने सबै जनशक्तिलाई उत्पादन बृद्धि गर्ने काममा लगाउछौ । देशमा वेरोजगारीको संख्या ठूलो छ । कृषिमा लाग्ने वातावरण नभएको नभएको भन्दै निराश भएका छन् । प्रधानमन्त्री कृषि आनुधिकरण परियोजनाले निकै ठूलो प्रभाव पार्छ । हाल कृषि क्षेत्रमा सञ्चालित ११ वटा आयोजनहरु दातृराष्ट्रको सहयोगमा सञ्चालित छ । सरकारले अलिहेसम्म अगाडि सारेका ठूलो योजना नै प्रधानमन्त्री कार्यक्रम हो । यो कार्यक्रम मार्फत परनिर्भरता घटाएर आत्मनिर्भर बनाउने हो । किसानलाई पेन्सन दिने कुरालाई पनि प्राथमिताको साथ राखिएको छ ।

कृषि पेशालाई हेर्ने दृष्टिकोण तल्लोस्तरको छ
म आफैले पनि कृषि क्षेत्रमा सानैदेखि काम गर्दै आएको छु । पछिल्लो केही बर्षदेखि व्यवसायिक रुपमा फर्म सञ्चालन गरेको छु । म सांसद हुनु भन्दा अघि पनि खेती नै गर्दै आएको थिए । अलिहे पनि मेरो तरकारी फर्म छ । कृषि पेसामा काम गर्नेले समाजमा सम्मानित व्यक्तिको सम्मान पाउन सकेको छैन् । समाजले मैलोधैलो भएको भन्दै अपहेलित पात्रको रुपमा हेर्दै आएको छ । यो दृष्टिकोणलाई परिवर्तन गर्न किसानलाई पेन्सन दिने नीति अगाडि सारिएको हो । किसानलाई पेन्सन दिने कार्यक्रम यसै बर्षबाट सुरु हुन्छ ।  कृषि पेसालाई सम्मानित पेसाको रुपमा स्थापित गछौं । कृषिमा निकै दुःख पनि छ । आफूे जन्माएको बच्चालाईजस्तै स्याहार सुसार गर्नुपर्छ । सीप ज्ञान र इच्छा शक्ति चाहिन्छ ।

धन कमाउन विदेश जानु पदैन
मानिसले सफलता प्राप्त गर्नको लागि जुनसकै क्षेत्रमा पनि निकै ठूलो संघर्ष गर्नुपर्छ । हरेक काम गर्नको लागि लगानी र महेनत चाहिन्छ । हिम्मत नहारी लाग्यो भने सहज ररुपमा नेपालमै बसेर पनि राम्रो कमाई गर्न सकिन्छ । परिवार पाल्नको लागि विदेश जानु पर्दैन । बिहान बेलुका छाक टार्न कसैको मुख ताक्नु पदैन । अरुसँग हात जोडनु पदैन । खाली सरकारले केही गरिदिएन भनेर आलोचना गर्ने तर मेरो दायित्व र कर्तव्य के हो भन्ने चाही नबुझ्ने काम पनि हुँदै आएको छ । नागरिक भएपछि देशप्रति के गर्नुपर्छ भन्ने दायित्वबोध पनि गर्नुपर्छ ।

झोला बोक्ने राजनीतिक संस्कार गलत
हाम्रो राजनीतिक उत्पादनसँग जोडिन सकेको छैन् । झोले बनेर हिडने राजीतिक संस्कार गलत छ । युवाहरुलाई गलत बाटो देखाएको छ । उत्पादनको कामसँगै राजनीति पनि गर्न सकिन्छ । पैसाको प्रतिस्पर्धा होइन । इमान्दारीतको प्रतिस्पर्धा गरौ । इमान्दारीतासँग प्रतिस्पर्धा गर्न सकिदैन । पक्कै पनि केही गर्न सकिन्छ देखासिखी गर्ने गलत सोच र चिन्तन हाम्रो समाजमा कायम छ । विदेशमा गएर संस्तो मुल्यमा श्रम बेचेका छौ । कतिपयको बाँयधता छ । फेसन पनि छ । बाँध्यता हुनेहरुलाई लगानीको सुरक्षा नेपालमा छैन् । अब सरकारले गर्छ । आफैले पनि संघर्ष गर्नुपर्छ । बजारदेखि सबैको जिम्मा आफूले लिएर गर्नुपर्छ । विदेशमा गर्ने दुःख नेपालमा गर्ने हो देशको मुहार फेर्न सकिन्छ । आत्मसम्मानको साथ नेपालमा नै बाँच्न सकिन्छ ।

radhika-tamang-4

आगामी दिनको योजना
कृषि औद्योगिक क्षेत्रको घोषणा गर्ने, सरकारी जमिनको तथ्याङ्गको संकलन गर्ने, कृषियोग्य जमिनलाई एकीकृत गरी व्यवसायिक कृषिको योजना बनाउने, कषि व्यवसाय गर्ने चाहने नीजि किसाहरुलाई सरकारले लिजमा जमिन उपलब्ध गराउने, स्वदेशमै रासायकिन मल उद्योगको स्थापनको लागि प्रक्रिया अगाडि बढाउने, प्राङगारिक मल कारलाई व्यवस्थित बनाउने, भकारो सुधार कार्यक्रमलाई तिब्रता दिने र आम किसान समक्ष पुर्याउने, असुरक्षित विषादी प्रयोग नियन्त्रण गरी स्वास्थ्य खाद्यवस्तु उत्पान गर्न प्रभावकारी विधि स्थापना गर्ने सोच छ ।

बेथितिको विरुद्ध अभियान
विभागिय कार्यालयको अनुगमन गरेर कर्मचारीको मनोविज्ञान बुझ्ने काम गरेको छु । समयसीमाभित्र नै सेवा प्रदान गर्नको लागि कर्मचारीलाई निर्देशन दिएको छु । सेवा केन्द्रलाई किसानसँग प्रत्यक्ष रुपमा जोडेर परिचालन गर्न आग्रह गरेको छु । किसान र कृषि व्यवसायीहरुको कार्यक्षेत्रमा प्रत्यक्ष अनुगमन र निरीक्षण गरी सरकारी नीति र परिणामबीचको यर्थाथ अध्यायन गर्ने काम गरिरहेको छु ।