३१ वैशाख, एजेन्सी।

प्रविधिका सबै क्षेत्रमा आफ्नो सञ्जाल फैलाउने हेतुले शुक्रबार गुगलले आइफोनको लागि नयाँ कीबोर्ड एप सार्वजनिक गरेको छ। ‘जीबोर्ड’ नामको यस कीबोर्ड एपमा ईमोजी, GIFs लगायत कीबोर्डबाटै वेब खोजी गर्न मिल्ने सुविधा समावेश गरिएको छ।Gboard Keyboard for iPhone

अन्य थर्डपार्टी कीबोर्ड एप जस्तै उक्त ‘जीबोर्ड’लाई पनि प्रयोगकर्ताहरूले आफ्नो आइफोनमा इन्स्टल गर्न सकछन्। एप डाउनलोड गरिसकेपछि त्यसलाई कसरी सुचारु गर्ने भन्ने बारे सोहि एपले नै सुझाव दिनेछ।

कीबोर्डको माथिल्लो देब्रे टुप्पामा गुगलको लोगो राखिएको छ, जहाँबाट प्रयोगकर्ताहरूले सीधै इन्टरनेट खोजी गर्न सक्छन्। त्यहिँबाट आफूले खोजेको कुरा निकालेर तुरुन्तै आफ्नो साथीलाई सयेर गर्न सक्छन्।

स्पेसबारको छेवैमा रहेको स्माइली बटनले ईमोजी र GIFs देखाउँदछ। त्यहाँ पनि खोजी गर्न मिल्न सुविधा राखिएको छ। यसमा रहेको GIFs फिचरले एउटा भन्दा बढि साइटहरूमा सर्च गरेर नतिजा देखाउँदछ- जिफी, टम्ब्लर, आदि।

गुगलको यस जीबोर्ड कीबोर्डमा टाइप गर्न पनि सजिलो रहेको एक प्रयोगकर्ताले प्रतिक्रिया जनाएका छन्। यसमा पनि अन्य नयाँ कीबोर्डको जस्तै स्वाइप गरेर टाइप गर्न मिल्ने फिचर राखिएको छ। “आइफोनकै पुरानो कीबोर्डमा टाइप गरिराख्नेहरूको लागि भने नयाँ कीबोर्डमा टाइप गर्न अप्ठ्यारो लाग्न सक्छ। तर १/२ दिनसम्म यसलाई चलाइराख्नाले बानी बस्न समय लाग्दैन।”- गुगलका सहसंस्थापक ल्यारी पेजले भने।

यो पनि हेर्नुहोस्-
माइक्रोसफ्टले निकाल्यो एक-हातले चलाउन मिल्ने कीबोर्ड
कम्प्यूटरको गुगल क्रोममा पनि ‘इमोजी कीबोर्ड’ थप्नुहोस्
गुगललाई तपाईँको बारेमा के-के कुरा थाहा छ भनेर कसरी पत्ता लगाउने?
१५० डलर पर्ने गुगलको फोटो इडिटिङ्ग सफ्टवेयर अब सबैलाई निःशुल्क दिने घोषणा