६ असोज, काठमाडौं ।

नेकपा एमालेका नेता केपी शर्मा ओलीले कुनै पनि देशमा अंगिकृत नागरिक कार्यकारी पदमा पुग्न सक्ने ब्यवस्था नभएको बताएका छन् ।

भारतले नेपालको संविधानमा चाहेका ७ कुराः गोप्य रिपोर्ट खुलासा

अंगिकृत नागरिकलाई समेत कार्यकारी पदमा समेत पदमा पुग्न बाटो खुल्ला गर्नु पर्ने गरी नागरिकताको ब्यवस्था गर्न भारतले दिएको दवावप्रति लक्षित गर्दै ओलीले यस्तो बताएका हुन् ।

KP Oli on mic

आज राजधानीमा साहना प्रधान स्मृति प्रतिष्ठान र पेशागत महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नयाँ संविधानमा अंगिकृत नागरिकले सांसद बन्न पाउने व्यवस्था गरेको तर कार्यकारी बन्नका लागि त्यस्तो ब्यवस्था हुन नसक्ने स्पष्ट पारे ।

भारतको सात बुँदे चासो पूरा गर्न सकिदैनः पूर्व राजदुत बराल

अमेरिकामा समेत अंगिकृत नागरिक राष्ट्रपति बन्न नपाउने उदाहरण दिँदै उनले यस्तो ब्यवस्था नेपालमा हुनै नसक्ने बताए ।

बुधबार मात्र भारतले नेपालको संविधानमा नागरिकता सम्बन्धी ब्यवस्था र त्यसमा अंगिकृत नागरिक कार्यकारी पदमा पुग्न सक्ने ब्यवस्था राख्न चाहेको कुरा सार्वजनिक भएको थियो ।