१ जेठ, रामेछाप ।
नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले कहाँ मतदान गरे भन्ने धेरैलाई चासो हुन सक्छ । प्राधिकरणका प्रमुख स्थानीय तहको निर्वाचनमा मतदान गर्न गृह जिल्ला रामेछापबाट नै मतदान गरेका छन् । घिसिङले सुनापति गाउँपालिका–४ बेथानबाट मतदान गरेका छन् ।

मतदानको लागि उनी वैशाख ३० गते नै रामेछापको बेथान पुगेका थिए । हिजा सम्पन्न निर्वाचनमा घिसिङले सुनापति गाउँपालिका वडा नम्बर ४ स्थित पुरानो गाविस भवनको बुथबाट मतदात गरेका थिए ।

सुनापति गाउँपालिकाको अध्यक्षमा माओवादीका धावा लामा उठेका छन् । लामा डुहु निवासी हुन् ।

त्यसैगरी सुनापति गाउँपालिकामा माओवादीले विकास दोङलाई उम्मेदवार बनाएपछि खड्क घिसिङले स्वतन्त्र उम्मेदवारी छन् । प्रमुख घिसिङले आइतवार मतदान गरे लगत्तै काठमाडौं फर्किएका थिए ।