एजेन्सी।

हालै बलिउडमा भएको एक पत्रकार सम्मेलनमा सलमानले आफूले किन ‘सुल्तान’ खेलेको भन्ने कुराको खुलासा गरेका छन्। पछिल्ला केहि हप्तादेखि नै बलिउड सुपरस्टार सलमान खानको आउन लागेको नयाँ चलचित्र ‘सुल्तान’को बारेमा चर्चापरिचर्चा हुँदै आइरहेको छ। रिलिज भएको पोस्टर देखि लिएर टिजरसम्म, दर्शकहरूले खुबै रुचाएका छन्।Salman Khan with White Shirt

उक्त पत्रकार सम्मेलनमा “तपाईँले ‘सुल्तान’को लागि किन राजि हुनुभयो?” भन्ने प्रश्नमा सलमानले भने- “कुनै नयाँ काम गर्दाको जुन पीडा र दुख हुन्छ, त्यसैले तपाईँलाई एक नयाँ लेभलमा पुर्याउँछ। तर केहि समयदेखि ममा त्यो इच्छा, लालसा गुमेको थियो। म केहि नयाँ कुरा सिक्न चाहन्थेँ र त्यसको दुःखलाई भोग्न चाहन्थेँ।”

चलचित्र ‘सुल्तान’मा सलमान खानका साथमा अनुष्का शर्मालाई पनि मूख्य भूमीकामा देख्न सकिनेछ भने यहि आउँदो ईदमा चलचित्र रिलिज हुने बताइएको छ।

यो पनि हेर्नुहोस्-
सलमान खान बने ‘रियो ओलम्पिक्स २०१६’का गुडविल एम्बेसडर
अर्को वर्षको ईद र दिपावली सलमानको नाममा बुक
रिलिज भयो ‘सुल्तान’को टिजर, कुस्ती खेल्दै सलमान खान