बालबालिकालाई अञ्जानमा चुइगम निलिएमा ७ बर्षसम्म पेटमा रहन्छ वा त्यो आन्द्रामा गएर पोको पर्छ भन्ने काल्पनिक कहानी सुनाइन्छ । तर यदि बट्टाको पुरै चुइगम नै निलिएमा के हुन्छ ?

चुइगम गम, मिठाई, रंग र विभिन्न खाले स्वाद मिलेर बनेको हुन्छ । गमलाई पचाउँन पक्कै गाह्रो हुन्छ, जसमा बोसो, मैन, इलास्टोमरर्स, रेजिनजस्ता तत्वहरु हुन्छन् । जसलाई पेटले अन्य खाना जसरी सजिलै पचाउँन सक्दैन ।

जब हामी चुइगम मुखमा राख्छौ, मुखमा उत्पन्न हुने र्यालले पचाउने प्रत्यन गर्न थाल्छ । तर, धेरै जसो गमबाट बनेको चीजहरु अपाच्य हुन्छन् । गम टाँसिइरहने भएपनि आन्द्राको शक्तिसँग तालमेल मिल्दैन र निलिएको गम आन्द्रामा टाँसिएर बस्न सक्दैन। र अन्त्यमा आन्द्राले बाहिर निष्कासन गर्छ । त्यसैले पेट हुँदै चुइगम एक वा दुई दिनभित्रमा शौचालयसम्म पुग्ने गर्छ ।

चुइगमको सानो टुक्रा वा बट्टाको पुरै चुइगम निलिएमा पाचन प्रक्रियालाई असर भने पुर्याउँछ। बिशेष गरी बच्चाहरु जसको पाचन प्रक्रिया कमजोर हुन्छ, चुइगम निलिनु स्वस्थकर मानिदैन ।