समान्यतया, दिनभरीको भागदौड तथा थकानका कारण मांशपेसी दुःख्ने हुनु स्वाभाविक हो । तर, यदि यस्तो दुखाई लामो समयसम्म रहिरहन्छ भने यस्तो हुनु कुनै जटिल स्वास्थ्यसम्बन्धि समस्या हुनसक्छ । जान्नुहोस्, लगातार मांसपेशी दुखाईले यी सात रोगको संकेत गर्छ ।muscles-pain-15711312

मधुमेह (चिनी रोग) – शरीरमा ‘इन्सुलिन’ नामक तत्वको असन्तुलनले मधुमेह रोग लाग्ने गर्दछ । लगातार मांसपेशी दुःख्छ भने मधुमेह रोगको संकेत हुन सक्छ ।

यो पढ्नुस्: मधुमेहको लक्षण तथा उपचार विधि

मलेरिया – मलेरिया वा भाइरसको संक्रमण शरीरमा भएमा पनि मांशपेसी बेस्सरी दुख्ने गर्दछ ।

गठिया – गठियाको समस्याका कारण शरीरमा रक्तसंचार प्रणाली बिग्रन्छ र मांशपेसीको दुखाईको महसुश हुन्छ । त्यसैले, मांसपेशी दुखाईले गठिया रोगको संकेत पनि दिइरहेको हुन्छ ।

तनाव – हाम्रो शरीरमा ‘कार्टिसोल’ नामक हर्मोन बृद्धिले तनाव बढ्ने हुन्छ । यसका साथै मांशपेसीमा पनि दुखाई बढ्दै जान्छ ।

यो पढ्नुस्: हत्केलामा यी ५ चिन्ह छन् भने जीवनभर तनाव हुन्छ

प्रोटिनको कमी – प्रोटिनको कमीले पनि मांशपेसी कमजोर भई दुखाई हुने गर्दछ ।

यो पढ्नुस्: यदि तपाईँ शुद्ध शाकाहारी हुनुहुन्छ भने प्रोटिनको लागि यी खाना खानुहोस्

डिहाइड्रेसन – शरीरमा पानीको कमी भएमा मांशपेशी खुम्चन थाल्छ । यसले मांशपेसीमा दुखाई हुन्छ ।

फ्लू – फ्लूका कारण पनि शरीरमा रत्तmसंचार प्रक्रिया बिग्रने भई मांशपेसीमा दुखाई अनुभव हु्न्छ ।