khilraj१३ भदौ, काठमाडौ । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले वीर अस्पतालको सघन उपचार कक्षमा अनसनमा रहेका अधिकारी दम्पतीलाई अनसन तोड्न आग्रह गरेका छन् ।

गोरखाका नन्दप्रसाद र गङ्गामाया अधिकारी आफ्ना कान्छा छोरा कृष्णप्रसादका हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आमरण अनशनमा बसेका छन् । उनीहरूलाई स्वास्थ्य अवस्था गम्भिर भएपछी वीर अस्पतालमा राखिएको हो । अध्यक्ष रेग्मीले आज बिहान वीर अस्पताल पुगेर अधिकारी दम्पतीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका थिए भने उनीहरूलाई अनसन तोड्न अनुरोध गरेका थिए ।

अधिकारी दम्पतिको स्वास्थ्यस्थिति बुझेर बाहिरिने क्रममा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष रेग्मीले अधिकारी दम्पतीले उठाएको विषयबारेमा अनुसन्धान र न्यायिक प्रक्रिया गम्भीर ढङ्गले अघि बढिरहेको बताएका छन् । उनले आफुले अधिकारी दम्पतीलाई कारबाही प्रक्रिया अगाडि बढेको जानकारि दिँदै आश्वस्त भएर औषधि र खानेकुरा लिएर जीवनरक्षा गर्नु आग्रह गरेको बताएका छन् । न्याय प्रक्रिया विश्वसनीय ढङ्गले अघि बढेको भनेर आफुले आश्वस्त तुल्याएको उनले बताए ।