काजल अग्रवाल बलिउड अनि तेलेगु फिल्म इन्डस्ट्रीकी चर्चित नायिका हुन। उनले केही दिन अघि एक लामो भूमिका बाँधेर इन्स्टाग्राममा दुइ तस्विर सेयर गरिन, जसमा उनले कुनै मेकअप गरेकी छैनन। आफ्नो वास्तविकता नै स्वीकार गर्नुपर्ने र त्यही नै सौन्दर्य भएको आशय सहित उनले ती तस्विर सेयर गरेकी हुन।

पंजावी परिवारमा हुर्केकी बलिउड नायिका काजल सन् १९८५ जुन १९ मा जन्मेकी थिइन। नायिका बन्नु पहिले उनले विज्ञापनहरुमा अभिनय गरेकी थिइन। तेलेगु र तमिलमा उनी स्थापित नायिका हुन। उनी दक्षिण भारतकी चर्चित नायिका भएको ‘फिल्म फेयर अवार्ड साउथ’ चार पटक जितेकोले पनि प्रमाणित गर्छ।

यो तस्विर काजलले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी हुन। उनको यो विना मेकअप खिचिएको तस्विर हो। तस्विर सेयर गर्दै उनले लेखेकी छिन्ः ‘हामीले आफु जस्तो छौ त्यही स्वीकार्नु नै वास्तविक सौन्दर्य हो।’

काजलले सन् २००४ मा ‘क्यु! हो गया ना…’बाट बलिउडमा डेब्यु गरेकी थिइन। उनको पहिलो तेलेगु फिल्म ‘लक्ष्मी कल्यानम’ सन् २००७ मा रिलिज भयो। सोही वर्ष हिट भएको ‘चन्दमामा’ले उनलाई चर्चित बनायो।

सन् २००९ मा रिलिज भएको हिस्टोरिकल फिक्सन तेलेगु फिल्म ‘मगधिरा’ उनको करिअरको टर्निङ पोइन्ट सावित भयो। यो फिल्म सबैभन्दा धेरै कमाउने तेलेगु फिल्महरु मध्ये पर्छ। यही फिल्मबाट उनले फिल्म फेयर लगायत धेरै अवार्ड शोहरुमा ‘उत्कृष्ट नायिका’को अर्वार्ड थापिन।

उनले ‘डार्लिङ’, ‘ब्रिन्दावनम’, ‘मिस्टर पर्फेक्ट’, ‘बिजनेशम्यान’, ‘नायक’, ‘बादशाह’, ‘टेम्पर’,’ कैदी नं १५०’ जस्ता तेलेगु फिल्ममा अभिनय गरेकी छिन्। हाइ प्रोफाइल तेलेगु फिल्महरु ‘नान महान अला’, ‘मात्त्रन’, ‘थुप्पाकी’, ‘जिल्ला’, ‘विवेगम’, ‘मेरसाल’मा उनको प्रमुख भूमिका छ।

दक्षिणमा सफल भएपछि उनले ‘सिंगम’ मार्फत बलिउडमा रि-इन्ट्री गरिन। यो फिल्म हिट भयो। त्यसपश्चात ‘स्पेशल २६’मा काम गरिन। यसले पनि उनको करिअरलाई थप उचाइमा पुर्यायो। यही जुन २१ मा उनको फिल्म कोमाली (तेलेगु भाषामा) रिलिज हुँदैछ।

हेर्नुस् उनले इन्स्टाग्रामबाट लिइएका तस्विरहरुः